कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो


९ आश्विन २०७७, शुक्रबार
korona

काठमाडौं, ९ असोज । कोरोना निको हुनेको संख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको संख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको संख्या १७ हजार ४१४ थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको जानकारी दिए । हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको कोरोनामुक्त हुनेको संख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७