सेभियालाई हराउँदै बायर्नले हात पार्‍यो सुपर कप उपाधि


९ आश्विन २०७७, शुक्रबार
FC Bayern Munchen

काठमाडौं, ९ असोज । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको छ ।

पहिलो पटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको युरोपन खेलमा १५, १८० दर्शकसामु बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्यो ।

खेलमा अग्रता भने सेभियाले लिएको थियो । इभान र्‍याकिटिचलाई लडाएपछि पाएको पेनाल्टीलाई लुकास ओकाम्पोसले गोलमा परिणत गर्दै खेलको १३ औँ मिनेटमा नै सेभियालाई अग्रता दिलाए ।

पहिलो हाफ सकिनअघि रोबर्ट लेवान्डोस्कीको पासमा लियोन गोर्टेज्काले खेल बराबरी गरे । त्यसपछि बायर्नले अर्को गोलका लागि निकै संघर्ष गर्न पर्‍यो ।

१०४ मिनेटमा ह्याभी मार्टिनेजले अन्ततः गोल गर्दै बायर्नलाई जीत दिलाए । बायर्न पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा पराजित भएको थियो । योसँगै सेभियाको २१ खेलको अपराजित यात्रालाई अन्त्य गर्दै बायर्नले सबै प्रतियोगितामा ३२ खेलको आफ्नो अपराजित यात्रालाई भने जारी राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७