अझै केहि दिन ठूलो बर्षा, यी प्रदेशमा सतर्क रहन आग्रह


९ आश्विन २०७७, शुक्रबार
rain

काठमाडौं, ९ असोज । नेपालमा अझै केहि दिन ठूलो पानी पर्ने क्रम जारी रहने मौसमविदले बताएका छन् ।

नेपालमा मनसुन गराउने प्रणाली सक्रिय रहेका कारण देशका धेरैजसो स्थानमा बर्षा हुने बताइएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्यून चापीय क्षेत्र रहेको छ । यो न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ ।

आज (शुक्रबार) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश–१ प्रदेश–२ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र प्रदेश–२ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

शनिबार पनि प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७