१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा


९ आश्विन २०७७, शुक्रबार
British boy

काठमाडौं, ९ असोज । आश्चर्यको खबर, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर चर्चामा रहेको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।

प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु बनेका हुन् । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने सेन्टल रहेको छ ।

British boy1 768x461 1

१३ वर्षे बालक बाबु बनेको खबर अहिले ब्रिटेनमा भाइरल बनेको छ । तर १३ वर्षमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले दुई वर्षपछि डिएनए जाँच गराउँदा सबैको होश गुम्ने प्रतिवेदन आयो ।

डिनए रिपोर्ट एल्फीसँग मेल खाएन । सेन्टलले जन्म दिएको बच्चा एल्फीको नभएर अरु कसैको थियो । खबर लेख्छ, एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् । बच्चाको वास्तविक पिता को हुन् भन्ने केही पत्तो लाग्न सकेको छैन ।

आफ्नो डिनएसँग मेल नखाएपछि हाल २२ वर्ष पुग्न लागेका एल्फीले सेन्टल र बच्चा दुबैलाई छाडिदिएको खबर छ । स्कुलमा भेट भएका एल्फी र सेन्टल एकर्काका राम्रा साथी थिए तर बच्चाको बाबु को हो भन्ने विषय भने रहस्य बनेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७