भारतीय बरिष्ठ गायक एसपी बालासुब्रमण्यमको कोरोनाबाट मृत्यु


९ आश्विन २०७७, शुक्रबार
1601027381 bala 1200x560 1

नयाँदिल्ली, ९ असोज । दक्षिण भारतीय तथा हिन्दी सिने जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ ।

चेन्नईस्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

७४ वर्षीय उनलाई अगस्ट ५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा भेन्टिलेटरमा उनको उपचार भइ रहेको थियो ।

एसपी बालासुब्रमण्यमले १९८९ मा सलमान खानको ‘मेने प्यार किया’ नामक चलचित्रमा समेत गीत गाएका थिए । उनले गाएका सबै गीत हिट पनि भएको थियो ।

गायक श्रीपथी पण्डितताराध्युल्ला बालासब्रमन्यमको जन्म सन् १९४६ जुन ४ मा भएको थियो । उनलाई एसपी बाला, एसपीबी र बालु आदि नामले पनि चिनिन्थ्यो । उनले आफ्नो ५० वर्षको चलचित्र क्षेत्रमा तेलगु, तमिल, कन्नड़, हिन्दी र मलयालम भाषामा करिब ४० हजार गीत गाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७