खोलामा बगिरहेको अवस्थामा नवजात शिशुको शव फेला


९ आश्विन २०७७, शुक्रबार
sisu

वीरेन्द्रनगर, ९ असोज । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए ।

‘शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ’, उनले भने, ‘कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।’ प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७