गच्छदारको दबाबमा रोकियो एसपी माझीको निलम्बन


२४ माघ २०७४, बुधबार
p

काठमाडौं, २४ माघ । इटहरीमा १४ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनालाई मिलापत्र गराउने सुनसरी प्रहरी कार्यालयका प्रमुख एसपी विद्यानन्द माझी र इन्स्पेक्टर चिरञ्जीवी दाहालमाथिको निलम्बन उपप्रधानमन्त्री बिजय गच्छदारको दबाबमा देउवाले रोकेका छन् ।

p

गच्छदारले हारेको चुनाव एसपी माझीले सेटिङ गरी जिताएका कारण उनलाई बलात्कारको मुद्दामा मिलापत्र गराएको आरोपमा निलम्बन हुनबाट रोकिएको छ । एसपी माझीले मतगणनाका क्रममा एमाले उम्मेदवार भगवती चौधरीको खसेको मत रद्द गराउनेदेखि विभिन्न हत्कण्डा अपनाएर गच्छदारलाई जिताएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई गच्छदारले माझीलाई निलम्बन नगर्न अनुरोध गरेको बुझिएको छ ।
गत पुस १६ गते इटहरीको रोयल लजमा साथीकै सहयोगमा भएको बलात्कार घटना प्रहरीकोमा पुगेपछि एसपी माझीले आर्थिक प्रलोभनमा परीे मिलापत्र गराई बलात्कारीलाई उन्मुक्ति दिएका थिए ।
दरबारमार्ग प्रहरी बृत्तले सामूहिक बलात्कारीलाई उन्मुक्ति दिएकोमा प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीलाई निलम्बन गरिसकेको छ । बृत्तका प्रमुख तिलक भारतीलाई काठमाडौं परिसरमा तानिएको छ । तर उनलाई निलम्बन गरिएको छैन । इटहरीको बलात्कार प्रकरणमा एसपी माझीलाई निलनम्बन गर्न प्रहरी प्रधान कार्यालयले सरकारलाई सिफारिस गरेको थियो । तर प्रधानमन्त्री देउवाले उनीमाथिको निलम्बन कारबाहीको फाइल रोकेर राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७