कोरोनाबाट थप ६ जनाको निधन, नेपालमा मृत्तक संख्या ४५९ पुग्यो


९ आश्विन २०७७, शुक्रबार
korona death 2

काठमाडौं, ९ असोज । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र थप ६ जनाको ज्यान गएको छ ।

योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।

मोरङमा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौं र कपिलवस्तुमा एक–एक महिलाको मृत्यु भएको हो । ललितपुर र सप्तरीमा एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा ६४५ सहित देशभर थपिए १,३१३ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो ।

आज देशभर थपिएका १३ सय १३ जनामध्ये काठमाडों उपत्यकाका ६४५ जना रहेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमले आज (शुक्रबार) थपिएका कोरोनाका संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

यस्तै नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७