खलनायक राजेन्द्र खड्गीमाथि सीआईबीको अनुसन्धान


२४ माघ २०७४, बुधबार
rajendra khadgi

काठमाण्डौं, २४ माघ : नेपाली सिने क्षेत्रका खलहस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले (सीआईबी) अनुसन्धान थालेको छ ।rajendra khadgi

मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोपमा (सीआईबी अनुसन्धान थालेको छ । केही समय अगाडि दक्षिण कोरियामा साँस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एक जना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै छोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म लिएर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको पाइएको प्रहरीले जनाएको छ । सोही आरोपको आधारमा खड्गीमाथि थालिएको हो । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान थालेका छौं ।’2111682628

खड्गीसँगै एउटै टोलीमा गएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ । कलाकार राजेन्द्र खड्गीले कोरियामा छाडेको भनिएका श्रीप्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको खड्गीले दाबी गरेका छन् । उनले भने, ‘तपाईंले लिएका नाम मैले चिनेकै छैन ।’ पछिल्लो समय नक्कली काजगात बनाउँदै अनेक बहानामा भीसा दिलाउने गिरोह नै सक्रिय भएको केन्द्रीय अनुसन्धान ब्यूरोेका एक उच्च अधिकारी बताउँछन् ।

आउने भदौबाट लागू हुने नयाँ फौजदारी ऐनलाई देखाएर कत्तिपय कानून ब्यवसायीकै सहयोगमा जापान, कोरिया, अष्ट्रेलिया जस्ता मुलुकमा शरणार्थी भीसा लगाउने गिरोह नै सक्रिय भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोेले त्यस्ता गिरोहबारे पनि अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७