सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जनाको गयो ज्यान


१० आश्विन २०७७, शनिबार
biman 2

काठमाडौं, १० असोज । सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा २२ जनाको ज्यान गएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो । दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन समाचार एजेन्सीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटना भएको पुष्टि गर्दै दुर्घटनास्थलको अवलोकन गर्ने बताएका छन् । उनले विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको पनि जानकारी दिए । विमानमा सैन्य अधिकारी, चालक दलका चार जना सदस्यसहित २८ जना सवार रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७