देशभर कोरोना संक्रमित ७१ हजार नाघे, मृत्यु हुनेको संख्या ४६७ पुग्यो


११ आश्विन २०७७, आईतवार
korona

काठमाडौं, ११ असोज । देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ हजार नाघेको छ ।

योसँगै मृत्यु हुनेको संख्या पनि चार सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ वटा नमुना परीक्षण गर्दा एक हजार दुई सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ । उनीहरूमध्ये ५३ हजार १३ जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ ।

काठमाडौंमा दुई तथा भक्तपुर, ललितपुर, सप्तरी, मकवानपुर, रूपन्देही र कैलालीमा एक–एकजनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या चार सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा पाँच सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७