अछाम अस्पतालमा भेन्टिलेटर नहुँदा ३४ वर्षीय कोरोना संक्रमित युवाको गयो ज्यान


११ आश्विन २०७७, आईतवार
acham hospital

अछाम, ११ असोज । जिल्ला अस्पताल अछाममा भेन्टिलेटर नहुँदा एक ३४ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको छ ।

जिल्ला अस्पताल अछाममा उपचाररत बान्नीगढी जयगढी गाउँपालिका–३ का ३४ वर्षीय युवकको शनिबार राति निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले पुष्टि गरे ।
उनले युवाको स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको र राति ९ बजे उनको मृत्यु भएको जानकारी दिए ।

गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ रहेका उनीसहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । संक्रमितमा कोरोनाका लक्षण समेत देखिएकाले स्वास्थ्य जटिल रहेको जानकारी दिंदै गाउँपालिका अध्यक्ष खड्काले भने, ‘राख्न भेन्टिलेटर नहुँदा धनगढी लैजाने तयारी गर्दागर्दै राति नै मृत्यु भइहाल्यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७