कोरोनाबाट झापामा थप एकको मृत्यु


११ आश्विन २०७७, आईतवार
korona death 1

झापा, ११ असोज । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगर प्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए ।

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।

कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७