साउदीमा १४ सहित कोरोनाबाट विदेशमा थप २१ नेपालीको गयो ज्यान


११ आश्विन २०७७, आईतवार
korona india 2

काठमाडौं, ११ असोज । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप २१ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता मात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् ।

तीमध्ये ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरेबिया, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७