पीडित भन्छन्, ‘कांग्रेस नेता खड्काको गाडीले किचेर मृत्यु भयो’ : खड्का भन्छन्,‘गलत हल्ला हो’


११ आश्विन २०७७, आईतवार
Deepak khadka

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले किच्दा जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन् । गत असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मृत्यु भएको भन्दै आफन्तले जाहेरी दिएका हुन् ।

आफन्त किरण देउजाका अनुसार नेता खड्काले चलाएको गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्की दपम्तीलाई ठक्कर दिएको हो। अनुपाको घटनामा मृत्यु भएको थियो भने विक्रम घाइते भएको देउजाको दाबी छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले कार्कीका आफन्त समेत रहेका अनेरास्ववियूका नेता समेत रहेका देउजाले जानकारी दिए । खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको देउजाले जानकारी दिए ।

खड्काले जेब्राक्रसिङमा मान्छे किचेर भागेका थिए । प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए । तर उनको मृत्यु भएको थियो । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन् ।

खड्काले भने आफ्नो गाडीले ठक्कर नदिएको दाबी गरेका छन् । बाइकले ठक्कर दिएको दम्पती जोडी आफ्नो गाडीमा ठोक्किएको उनको भनाई छ । उनले नयाँ पेजसँग भने, ‘पहिलो कुरा मैले चलाएको गाडी होइन, मेरो गाडी मात्रै हो । मेरो गाडीमा आएर ठोक्किएको रहेछ । सिसिटिभि क्यामेरामा प्रष्ट छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७