भान्छेमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा ‘क्वारेन्टाइन’ मा


११ आश्विन २०७७, आईतवार

काठमाडौं, ११ असोज । नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको भान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन् ।

थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अनुसार नै स्वास्थ्य सजगता अपनाएर ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको जंगी अड्डाले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

army news photo 20200927091537

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७