२०७७ असोज १२ गते सोमबारको तपाईको राशिफल


१२ आश्विन २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्ने छ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्ने छन् । आकस्मिक धनलाभ पनि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशु चौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । सफल यात्रा पनि रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । व्यापारबाट लाभ हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार गर्नुु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७