इजरायलसँग बागवानी सम्झौता गर्ने निणर्य


१२ आश्विन २०७७, सोमबार
israel nepal gwjGPmiiFv

काठमाडौं, १२ असोज । नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निणर्य गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए ।

नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निणर्य गरेको हो । सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए ।

यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गर्ने निणर्य गरेको उपसचिव आचार्यले जानकारी दिए ।

डा. भण्डारी यसअघि छ महिनादेखि नार्कमा कार्यवाहक कार्यकारी निर्देशक थिए । वरिष्ठताका आधारमा मन्त्रालयले कार्यकारी निर्देशकमा सिफारिस गरेको उपसचिव आचार्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७