बाहिरिंदै मनसुन : झरी घट्दै, घाम लाग्दै


१२ आश्विन २०७७, सोमबार
sky clear

काठमाडौं, १२ असोज । लगातार पानी पर्ने क्रम विस्तारै घटेसँगै नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् ।

अबको केही दिन लगातार ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अघिल्लो वर्ष भन्दा केहि लम्बिएको यो वर्षको मनसुन विस्तारै बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताएका छन् ।

भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उनले बताएका छन् । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ ।

लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । अबको केही दिनमा पानी नपरे मनसुन बाहिरिने संकेतको रुपमा मान्न सकिने पनि उनले बताए । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यस वर्ष २ दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश-१, वाग्मती, गण्डकी र प्रदेश-५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँहरुमा आंशिक बद्लीको मात्रै सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।
आज राति पनि प्रदेश-१ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज १२ गते (सोमबार)
दिउँसो
– प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।
राति-प्रदेश-१ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

असोज १३ गते (मंगलबार)
दिउँसो –
प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।
राति- प्रदेश-१ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

असोज १४ गते (बुधबार)
दिउँसो –
प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा बाँकी प्रदेशमा आंशिक बदली भई एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति- प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ मा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७