राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान


२४ माघ २०७४, बुधबार
Shankar Pokheral
k|b]z–% df /fli6«o;ef lgjf{rg /fli6«o;ef ;b:osf] lgjf{rgsf nflu a’waf/ k|b]z gDa/ % df bfªsf] 3f]/fxLl:yt sd{rf/L ldng s]Gb|df dtbfg ub}{ k|b]z;efsf ;b:o z+s/ kf]v|]n . t:jL/ Mgf/fo0fL /hf}/], bfª, /f;;

काठमाडौँ, २४ माघ : छ वटा प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

Shankar Pokheral
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्दै प्रदेशसभाका सदस्य शंकर पोख्रेल ।

आज बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ । कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्न परेन ।

छवटै प्रदेशमा रहेका जम्मा एक हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका र जम्मा आठ जना अनुपस्थित रहेको आयोगले जनाएको छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ जना मतदातामा प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य ५५० जना मतदातामा प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७