चटपटेको विषयमा विवाद हुँदा १२ वर्षीया बालिकाकाे हत्या, १६ वर्षीय किशोर पक्राउ


१२ आश्विन २०७७, सोमबार
pakrau
फाइल फोटो

सुनसरी, १२ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७