सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न


१२ आश्विन २०७७, सोमबार
Ragu Puri

काठमाडौं । गोरक्ष हाइड्रोपावर प्रा।लि।द्वारा प्रवद्र्धित २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत रु. ४ अर्ब ५६ करोडको ७५ प्रतिशत अर्थात् रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंक लि।ले कम्पनीसँग ऋण लगानी संझौता गरेका हुन् । प्रभु बैंक लि.ले रु. १ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंक लि.ले रु.७५ करोड ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।

कुल लागतको २५ प्रतिशत रु. १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत् जुटाउनेछ । ऋण सम्झौतामा लिड बैंकको तर्फबाट प्रमुख बिजनेस अधिकृत रेणुप्रसाद पाण्डे, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम र कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा।लि।का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा २५।४ मेगाबाट क्षमताको आयोजनाको निर्माण कार्य अगाडि बढाइरहेको छ । कम्पनीले सो आयोजना डिसेम्बर २०२३ ९पौष २०८०० भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९९.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पे आधारमा विद्युत खरिद बिक्री संझौता पीपीए गरिसकेको छ ।

कम्पनीका प्रबद्र्धकहरुमा अध्यक्ष एलपी सावाँ लिम्बु र प्रबन्ध निर्देशक रघुनाथ पुरी रहेका छन् भने संचालकहरुमा बालकृष्ण शिवाकोटी, राजु रेग्मी र इश्वरबहादुर अधिकारी छन् ।उक्त हाइड्रोपावरमा जर्मनी र अमेरिका लगायत प्रवासमा रहेका नेपालीहरुको समेत लगानी रहेको छ ।

मुख्यगरी ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड यो आयोजनामा प्रबद्र्धक रहेको छ । ओभरसिज नेपलिज इन्भेष्टमेन्ट कम्पनी संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुको लगानीमा स्थापना गरिएको संस्था हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७