ठूलो परिमाणमा अवैध काठ बरामद


१२ आश्विन २०७७, सोमबार
Sakhuwa wood 20180606130350

कञ्चनपुर, १२ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो ।

सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

यसैगरी प्रहरीले भीमदत्त नगरपालिका-४ बस्ने निरज गुप्ताले भन्सार छली गरी ल्याएको अन्दाजी रु २६ हजार बराबरको १३० किलो मिठाइ जफत गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७