व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण


१२ आश्विन २०७७, सोमबार
chandra prasad dhakal

काठमाडौं, १२ असोज । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी गराएका छन् ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले भनेका छन् ।

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७