घाँस काट्न गएका युवाको भिरबाट लडेर मृत्यु


१२ आश्विन २०७७, सोमबार
child death 1

डोटी, १२ असोज । डोटीको आदर्श गाउँपालिका-दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा घर परिवारले खोजी गर्दा भिरबाट लडेर मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७