ओली-प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा छलफल


१२ आश्विन २०७७, सोमबार
kp oli prachanda scaled

काठमाडौं, १२ असोज । दशैंअघि नै मन्त्रिमण्डल हेरफेरको चर्चा चलिरहेका बेला प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पाटी) (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (सोमबार) पनि बालुवाटारमा छलफल चलिरहेको छ ।

नेकपाका दुबै अध्यक्ष मन्त्रिमण्डल फेरबदलमा सहमत भए पनि मापदण्डका विषयमा सहमति जुटिनसकेको अवस्थामा आज फेरि दुई अध्यक्ष बालुवाटार छलफलमा जुटेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको नेकपाका नेताहरुले जानकारी दिएका छन् ।

गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी तीब्र पारेपछि पार्टीका दुई प्रमुख नेताबीच छलफल सघन रुपमा अगाडि बढिरहेको छ ।

मन्त्रिमण्डल पुनर्गठनका लागि केहि मन्त्रालय फुटाउन सक्ने समाचार बाहिर आइरहेका छन् । यस्तै मन्त्रिमण्डल पुनर्गठनका लागि मन्त्रिहरुको संख्या पनि भागवण्डामा मिलाउनु पर्ने खबर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७