कोरोनाबाट विश्वमा १० लाख बढीको मृत्यु , तीन करोड ३३ लाख बढी संक्रमित


१२ आश्विन २०७७, सोमबार
korona india 2

काठमाडौं, १२ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड-१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ । कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार ७०२ सङ्क्रमित भएका छन् भने यहाँ ९५ हजार ५७४ ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा करिब ४७ लाख ३२ भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७