साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री पुरस्कार नलिने


१२ आश्विन २०७७, सोमबार
Modnath Prasit

काठमाडौं, १२ असोज । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् ।

आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै प्रश्रितले आफूलाई सम्मान दिने निणर्य गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै उक्त सम्मान नलिने घोषणा गरेका हुन् ।

‘खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निणर्य गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा प्रश्रितले भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्र्दभमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’

120129902 671708917058418 824246796434032145 n

प्रतिष्ठानले २०७६ सालको पद्यमीश्री सम्मान प्रश्रित र पद्यमश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निणर्य गरेको थियो । यो निणर्य सार्वजनिक भएसँगै उप्रेतीले एउटै मञ्चबाट प्रश्रित र आफूलाई प्रदान गरिने उक्त पुरस्कार नलिने घोषणा गरेका थिए । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि रु.३ लाख रुपैयाँ रहेको छ ।

२०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निणर्ायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिंदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७