सिद्धार्थ राजमार्ग विस्तारबारे छलफल


१२ आश्विन २०७७, सोमबार
42 Shares
padma scaled

काठमाडौं, १२ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छिन् ।

सो राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गरेकी हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटक पटक बेहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताइन् ।

‘सिद्धार्थ राजमार्ग अत्यन्तै महत्वपूर्ण छ, यससँग विकासका कुराहरु जोडिएका छन्,’ मन्त्री अर्यालले भनिन्, ‘ सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक-पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ ।’

jagdamba.cement
rbbbb

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७