अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ


१३ आश्विन २०७७, मंगलवार
pakrau
फाइल फोटो

ताप्लेजुङ, १३ असोज । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादक पदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७