गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

पोखरा, १३ असोज । पोखराका १४ जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर ५ मा तीन जना, वडा नम्बर १७ मा पाँचजना, १५ मा तीनजना, वडा नम्बर ८, १३, २० मा एक-एकजना संक्रमित थपिएका हुन् ।
त्यसैगरी नवलपुरमा चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपुरको विनयत्रिवेणी वडा नम्बर ३ र ४ मा दुई -दुई जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार आठ सय १३ जना पुगेको छ ।
सक्रिय संक्रमितको संख्या एक हजार ८३ छ । निको हुनेको संख्या दुई हजार ६ सय ९७ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लोपटक चार सय ६७ जनाको परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३३ रहेको छ ।