बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

हेटौंडा, १३ असोज । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना भाइरस संक्रमण भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएकी छिन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् ।
संक्रमण पुष्टि भएसँगै आफू होम आइसोलेसनमा बसेको र स्वास्थ अवस्था सामान्य रहेको उनले जानकारी दिइन् ।