राष्ट्रियसभामा प्रदेश १ बाट एमालेका ५ विजयी, काँग्रेस र माओवादी कत्ति ?


२४ माघ २०७४, बुधबार
uml moist congress rajapa sasafho

विराटनगर: प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।uml moist congress rajapa sasafho

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरेका छन्।

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए। बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी भएका छन्। नेपाली कांग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गर्नुभएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा ९माओवादी केन्द्र० का एकजना निर्वाचित भएका छन्।

यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन्। त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७