२०७७ असोज १४ गते बुधबारको तपाईको राशिफल


१४ आश्विन २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । अनुहारमा कान्ति छाउने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धार्मिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ । शुभ र नयाँ कार्यको योजना सफल हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्वपूणर् कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निणर्य लिन सकिने छ । सामाजिक कार्यमा सफल भइने छ । कार्य क्षेत्र र व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउने छ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिनो समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा खर्च बढ्न सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७