कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम बन्द


१४ आश्विन २०७७, बुधबार
tahachal

काठमाडौं, १४ असोज । कर्मचारीमा कोरोना संक्रमण भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंले श्रम स्वीकृति दिने काम बन्द गरेको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिएका छन् ।

एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ जानकारी दिंदै’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७