सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने, यस्ता छन् अरु विशेषता


१४ आश्विन २०७७, बुधबार
Samsung Galaxy A72

काठमाडौं, १४ असोज । विश्व बजारमा बेग्लै पहिचान बनाउन सफल सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ ।

‘सामसङ ग्यालेक्सी ए७२’ नामक स्मार्टफोन कम्पनीको पहिलो पेन्टा क्यामरायुक्त अर्थात् पाँच वटा क्यामरा सहितको स्मार्टफोन हुनेछ ।

२०२१ को मध्यतिर सार्वजनिक हुने उक्त स्मार्टफोन यस वर्ष सार्वजनिक गरेको ग्यालेक्सी ७१ पछिको उत्कृष्ट हुनेछ । सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी ए ७२ मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, तीन गुणा अप्टिकल जुमको हुनेछ ।

यसमा ८ मेगापिक्सेलको टेलिफोटो क्यामरा, ५ मेगापिक्सेलको म्याक्रो क्यामरा र ५ मेगापिक्सेलको डेप्थ सेन्सर जस्ता नयाँ फिचर रहेको छ । सेल्फीका लागि यस मोबाइलमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि हुनेछ । सामसङ ग्यालेक्सी ए७२ पाँच वटा क्यामरा फिचर भएको पहिलो स्मार्टफोन भने होइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७