करोडौं करोड कहाँ गयो कमाण्डर ?


१४ आश्विन २०७७, बुधबार
petrol pump

काठमाडौं, १४ असोज । हामीलाई लाग्छ, सेनाले चलाएको पम्पमा मिसावटमुक्त इन्धन भर्दा राष्ट्रिय ढुकुटीमा योगदान पनि पुर्‍याउन पाइन्छ । तर, यस्तो आमविश्वासमाथि १७ वर्षदेखि कत्रो घात हुँदै आएको रहेछ भने, न त्यो आम्दानी सेनाको, न राज्यकै ढुकुटीमा जान्छ । हामीले तिरेको पैसाले प्रधानसेनापतिसहितका केही सैनिक अधिकारीले मोज गरिरहेका रहेछन् ।

नेपाली सेनाले राजधानी उपत्यकाका भद्रकाली र लगनखेलमा सञ्चालन गरेको पेट्रोल पम्पमा देखिँदा ‘सैनिक कल्याणकारी पेट्रोल पम्प’ भन्ने साइनबोर्ड नै छ । इन्धन भर्ने र पैसा लिने पनि सैनिक कर्मचारी नै हुन् । तर, त्यो पैसा सेना वा राज्यको कुनै पनि कोषमा जाँदैन । न त्यसको आधिकारिक सञ्चालक सेनाको कुनै विभाग, युनिट वा दल नै हो । यसरी भित्रभित्रै ‘मिलाएर’ खाइँदो रहेछ ।

तनहुँको खैरेनीटार र बुटवलमा पनि सैनिक पेट्रोल पम्प छन् । तिनको रकम चाहिँ कल्याणकारी कोषमा जम्मा हुन्छ । तर, १४ वर्ष बित्यो, उपत्यकाका पम्प व्यक्तिको नाममा बनाएर लूट मच्चाइँदै छ । त्यहाँस्थित सैनिक कल्याणकारी कोषको लगानी फिर्ता गरेर २०५९-६० सालपछि कोषमा महिनाको २५-२५ हजार तिर्दै पम्पलाई व्यक्तिको नाममा कायम गरिएको हो ।

शुरुमा भूपू मेजर गोपाल पोखरेल भद्रकालीका र त्यही दर्जाका भूपू भीमबहादुर कार्की लगनखेल पम्पका सञ्चालक भए । त्यसको आम्दानी के हुन्छ ? कसैलाई थाहा छैन । जाने चाहिँ प्रधानसेनापति कोषमा हो । र, सैनिक कल्याकारी कोषले दुई पम्पबाट २५-२५ हजारका दरले पाउँछ, महिनावारी ५० हजार । तर, ती दुईको मासिक खर्च छ, ६०-७० हजार ।

आजकल भद्रकालीको पम्पमा भूपू जर्नेल निरञ्जनविक्रम राणा र लगनखेलमा भूपू कणर्ेल धु्रव थापा बस्छन् । पम्प सरकारी जमिनमा भाडा तिर्नुपर्दैन । सेनाको इन्धनतर्फ बजेटबाट ६० प्रतिशत बजेट भद्रकाली र लगनखेलमा जान्छ ।

सर्वसाधारण समेतले विश्वासका कारण सकेसम्म त्यहीं इन्धन भर्न चाहन्छन् । सिंहदरबारभित्र रहेका सम्पूणर् मन्त्रालय र सरकारी सवारी साधनमा हालिने इन्धन पनि त्यहीँको हो । यसरी भद्रकाली र लगनखेलबाट दिनमा करिव ५० लाखको कारोबार हुन्छ । वर्षको १५-२० करोड नाफा छ । तर, यत्रो रकमको न कुनै अडिट हुन्छ, न सदुपयोग नै ।

पम्पको आम्दानीसहित पहिला-पहिला ‘बाटो काज’ को पैसा पनि प्रधानसेनापति कोषमा जाने चलन थियो । प्रज्ज्वलसमशेर जबराले बाटो काज र पम्पको पैसाले जंगीअड्डाभित्रै आर्मी अफिसर्स क्लब बनाए । त्यहाँको संरचनामा सरकारी वा कल्याणकारीको बजेट छैन ।

धर्मपालबरसिंह थापाले पुरानो क्लब पनि त्यही पैसाले बनाए । यसो गरेकोचाहिँ पछि कसैले प्रश्न गरेमा देखाउनका लागि मात्रै हो । यी दुई प्रधानसेनापतिले त्यतिसम्म त गरे, तर त्यसपछिकाले माखो मारेनन् । खाए, बाँडे, सिध्याए ।

थाहा छैन, अहिले सेनाभित्रको भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अख्तियार गरेका पूणर्चन्द्र थापाले यस्तो ‘पापी धन’ भित्र्याए कि भिश्याएनन् ! तर, अहिले पनि भद्रकाली र लगनखेलका सैनिक पम्पको रकम कल्याणकारी कोषमा गएको छैन, न राज्यको कुनै निकायमा त्यसको अडिट हुन्छ, न हिसाब नै खोजिन्छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७