२८ वर्षपछि बाबरी मस्जिद विध्वंश काण्डमा आरोपित विजेपी नेतासहित सबै ३२ जनालाई अदालतको सफाइ


१४ आश्विन २०७७, बुधबार
dfdf2d2e51b5e91bb247dfd8cbdd52a0 w1000 h500 cp

नयाँदिल्ली, १४ असोज । भारतको विशेष अदालतले बाबरी मस्जिद विध्वंस काण्डमा आरोपित वीजेपी नेतालगायत सबै ३२ जनालाई निर्दोष सावित गरेको छ ।

लखनउस्थित सो केन्द्रीय ब्युरोले बुधबार वीजेपीका वरिष्ठ नेताहरु एलके आडवाणी र मुरली मनोहर जोशीलगायत ३२ जना आरोपितलाई सफाइ दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आडवाणी र जोशीले सो फैसलाको स्वागत गरेका छन् ।

अदालतले आरोपितहरुबिरुद्ध प्रमाण नपुगेका कारण उनीहरुलाई सफाइ दिएको जनाएको छ । त्यसैगरी विशेष अदालतले सो विध्वंश योजनाबद्धरुपमा नगरिएको समेत बताएको छ ।

सन् १९९२ को डिसेम्बर २ मा अयोध्यास्थित बाबर मस्जिदलाई एउटा ठूलो भीडले भत्काएपछि भारतभर हिन्दू-मुश्लिम दंगा फैलिएको थियो ।

गत कार्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर-बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको थियो । प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको थियो ।

सर्वोच्चले मुस्लिमहरुलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ । ३ महिनाभित्र ट्रस्ट बनाएर त्यसमार्फत राममन्दिर निर्माण गराउनुपर्ने आदेश सर्वोच्चले दिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७