डा. बाबुराम भट्टराईले खुल्ला मञ्चमा खुवाए सर्वसाधारणलाई खाना


१४ आश्विन २०७७, बुधबार
Khana khuwaudai Dr baburam bhattarai 4

काठमाडौं, १४ असोज । सामाजिक सञ्जालमार्फत कोरोना कहरमा परेका सर्वसाधरणलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् ।

बुधबार बिहान खुल्लामञ्च (पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखि नै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ ।

डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् ।

भट्टराईले सामाजिक सञ्जालमा र विभिन्न सञ्चारमाध्यमबाट कोरोना कहरमा रहेका सर्वसाधरणको समस्यालाई सरकारले उचित रुपमा सम्वोधन गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७