२४ शैंयाको काेरोना अस्पताल निर्माण


१४ आश्विन २०७७, बुधबार
isolesion

बागमती, १४ असोज । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमण नियन्त्रण तथा त्यसको उपचारका लागि मनहरी गाउँपालिकाले २४ शैंयाको आइसोलेसनसहित कारोना विशेष अस्पताल निमाणर् शुरु गरेको छ ।

सो गाउँपालिकाको वडा नं ८ सिम्पानीमा रहेको आइसोलेसन कक्षलाई स्तरोन्नति गरी २४ शैंयाको कोरोना विशेष अस्पतालका रुपमा स्थापना गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । स्वास्थ्य मन्त्रालयको रु १० लाख अनुदान र वाग्मती प्रदेश सरकारको रु १० लाख सहयोगमा उक्त अस्पताल निमाण भइरहेको बताइएको छ ।

अस्पतालका लागि आवश्यक सामान खरिदको काम भएको र थप उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले पाँच शैंयाको अस्पताल स्थापनाका लागि आदेश गरेको तर २४ शैंयाको अस्पताल स्थापना शुरु भएको अस्पताल निर्माण समितिका संयोजक ज्योतिराज लुइँटेलले बताए ।

अस्पतालमा एक जना चिकित्सक, दुई नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । त्यहाँ सघन उपचार कक्ष समेत बनाइनेछ । अध्यक्ष उप्रेतीका अनुसार उत्कृष्ट एवं नमूना कारोना आइसोलेसन अस्पताल निर्माण गर्नेगरी काम भइरहेको छ । मनहरि गाउँपालिकामा एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७