आज थपिएका १५ सय ५९ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१४ आश्विन २०७७, बुधबार
korona

काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आज (बुधबार) देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

ेशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

आज (बुधबार) कुन जिल्लामा कति संक्रमित थपिए ?
आज (बुधबार) प्रदेश-१ को उदयपुरमा १, झापामा १९, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा ९८, संखुवासभामा १ र सुनसरीमा ३८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश-२ को धनुषामा १, पर्सामा १७, बारामा १०, महोत्तरीमा ११, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा २ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६९७ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ९, चितवनमा ६२, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ९३, मकवानपुरमा ३८, रामेछापमा २, ललितपुरमा ११२, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १५, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ ।

प्रदेश-५ को कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका १, प्युठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७० र रोल्पाका २ जना छन् ।

कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा २, दैलेखमा ५, सल्यानमा १, सुर्खेतमा ४१ र हुम्लामा २, सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २३, डडेल्धुरामा २, बझाङमा १ र डोटीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७