२४ घण्टाभित्र पीसीआर शुल्क नघटाए आठ प्रयोगशालाको अनुमति खारेज गर्ने निर्णय


१४ आश्विन २०७७, बुधबार
Health 1

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एक दिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निणर्य गरेको छ ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निणर्य गरेको थियो । तर स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा झण्डै दोब्बर शुल्क लिँदै आएका छन् ।

यी प्रयोशालाले सरकारले तोकेको मुल्यमा परीक्षण गर्न नसक्ने भन्दै ३ हजार ८९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएका छन् । बुधबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले यी अस्पताललाई २४ घण्टाभित्र शुल्क समायोजन गर्न निर्देशन दिएको हो ।

तोकेको भन्दा बढी रकम लिने प्रयोगशालालाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउने गरी स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र वाणिज्य विभागलाई कारवाही गर्न लेखि पठाउने निणर्य भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७