सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नेपाली शान्ति सैनिकलाई सम्मान


१५ आश्विन २०७७, बिहीबार
un mission

काठमाडौं, १५ असोज । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) का लागि सयुक्त राष्ट्रसंघीय शान्ति मिसनका फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल ड्यानियल सिदिकी ट्राओरले नेपाली सेनाले अत्यन्त संवेदशील क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा र सम्मान गरेका छन् ।

कारमा नेपाली सेनाले हतियारधारी विद्रोही समूहविरुद्ध सशक्त कारबाही गरेको भन्दै उनले उच्च प्रशंसा गरेका हुन् । कारमा बटुक दल गण तैनाथ छ जसको नेतृत्व प्रमुख सेनानी समुन्द्र थापाले गरेका छन् ।

गणले गत फागुन, जेठ र भदौमा हतियारधारी विद्रोही समूहविरुद्ध सशक्त कारबाही गरेको थियो भने विद्रोहीका मुख्य नेतासहित नौजनालाई हतियारसहित पक्राउ गरेको थियो । जनधनको क्षति रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति गर्न सफल भएको भन्दै फोर्स कमान्डरले कदरपत्र दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आफ्नो ज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पण प्रस्तुत गरेको र विश्व शाान्तिकै लागि नेपालले महत्वपूणर् योगदान गरेको फोर्स कमान्डरले प्रशंसापत्रमा उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७