गरीब राष्ट्रलाई विश्व बैंकले कोरोना खोप किनिदिने, १२ बिलियन डलर विनियोजन


१५ आश्विन २०७७, बिहीबार
77 Shares
1570955497worldbank1

काठमाडौं, १५ असोज । विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ विश्व बैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गरीब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयर होल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । अहिले विभिन्न राष्ट्रहरुले कोरोनाविरुद्धको खोप तयार गरी परीक्षणका क्रममा छन् ।

ncll 2

रुस, अमेरिका, चीनलगायतका देशले कोरोनाको खोप विकास गरी मानव परीक्षण गरिरहेका छन् । यी देशहरुबीच विश्व बजारमा आफ्नो खोप जतिसक्दो छिटो पुर्‍याउने होडबाजी समेत चलिरहेको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७