मंगल ग्रहमा तीनवटा भूमिगत ताल फेला


१५ आश्विन २०७७, बिहीबार
mangal graha

काठमाडौं, १५ असोज । मंगल ग्रहको दक्षिणी ध्रुव नजिकै तीन वटा नयाँ भूमिगत ताल फेला परेका छन् ।

वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएकामध्ये एकचौथाइ ताल वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्वपूणर् हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ ।

तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ । अबौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए ।

त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन। भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन ।

इटलीको न्याश्नल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा.रोबेर्टो ओरोसीले भने, ‘पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ । त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईंका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ ।’

उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो । तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन । ‘त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो,’ उनी भन्छन् ।

युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो । उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ ।

सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए ।

तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो । अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, ‘हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौं थप तीन वटा उज्ज्वल क्षेत्र पनि भेट्यौं ।’

उनले मुख्य ताल पानीको दहबाट घेरिएको बताइन् । ‘तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट योसम्मको दूरीका कारण तिनीहरू आपसमा जोडिएका छन् किन छैनन् भन्ने तय गर्न भने सकिएको छैन,’ उनले भनिन् । बिबिसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७