एनसेलको पेएज यूगो डेटा अब ४० पैसाप्रति एमबीसम्ममा पाइने


१५ आश्विन २०७७, बिहीबार
Ncell Main Logo scaled

काठमाडौं, १५ असोज । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएज यूगो योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले करबाहेक ४० पैसाप्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना यहि बुधबारदेखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमानप्रति एमबी करबाहेक दुई रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखेर सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएको छ ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रुपैयाँमा झर्दछ ।

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएज यूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना सञ्चालन हुने एनसेलले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७