मुख्य सचिवमा शंकरदास बैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत नियुक्त


१५ आश्विन २०७७, बिहीबार
main

काठमाडौं, १५ असोज । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो ।

बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निणर्य पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजीनामा स्वीकृत गरेको थियो । त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिव ले गर्ने जिम्मेवारी सम्हालेका थिए । दोस्रो एजेण्डाको रुपमा मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७