ठगीका लागि असईको लोकसेवाको परीक्षा चलाउने ‘नक्कली’ इन्सपेक्टर पक्राउ


१५ आश्विन २०७७, बिहीबार
lok

काठमाडौं, १५ असोज । ठगीकै लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर लोकसेवा आयोगको नक्कली परीक्षा चलाउने एक नक्कली इन्सपेक्ट। पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय छन् ।

बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिएकी छिन् ।

९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप कीर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

nakkali prabesh patra

पर्साको वीरगञ्ज महानगरपालिका-१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको एसपी पन्तले बताइन् ।

पक्राउ पर्नुअघि यादवले देवपार्टी प्यालेसमा प्रहरी सहायक निरीक्षक (असई), राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । उनले २१ जनालाई परीक्षा लिँदै थिए । परीक्षा लिँदै गर्दा रायलाई प्रहरीले पक्रेको हो ।

रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान-२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान-२१, तिनको प्रश्न पत्र थान-२६, खरिदारको प्रवेश पत्र थान-१ बरामद भएको एसपी पन्तले जानकारी दिएकी छिन् ।

prabesh patra nakkali

रायसँगै प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ का ५७ वर्षीय हिरालाल महतो, बर्ष २८ को वसन्त चौधरी, पर्सा वीरगन्ज महानगरपालिका-१६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका-५ का ४७ वर्षीय शिवनारायण चौरसिया र वीीरगन्ज-२७ रानीघाटका २५ वर्षीय रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको भूमिका के छ भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७