नेपाल क्रिकेट संघका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहीबार
korona

काठमाडौं, १५ असोज । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष र सचिवलाई कोरोना भाइरस संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना सेल्फ आइसोलेसनमा छन् । एक साताअघि चितवनमा भएको क्यानको केन्द्रीय समितिको बैठकमा सहभागी भएर आएपछि दुवै जनाले कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको हो ।

चितवन जानुअघि नै सचिव प्याकुरेललाई केही असहज भएको थियो । त्यसलगत्तै काठमाडौं आएपछि उनले कोरोना परीक्षण गराएका थिए । उनलाई संक्रमण देखिएको तीन-चार दिन भएको छ ।

पछि अध्यक्ष चन्दलाई पनि स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । अहिले दुवै जना सेल्फ आइसोलेसनमा छन् । क्यानका अध्यक्ष र सचिवको सम्पर्कमा आएका सबै जना सेल्फ क्वारेन्टिनमा बसेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७