विजय कुमारको नयाँ कृति ‘सम्बन्धहरू’ बजारमा


१५ आश्विन २०७७, बिहीबार
bijaya kumar

काठमाडौं, १५ असोज । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ आज (बिहीबार) सार्वजनिक गरिएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्याण्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो ।

कोभिड-१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए ।

जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । मदन पुरस्कार प्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७